+
+

इन्दिरा जोशीको ‘पछ्यौरी’ अंग्रेजी गीत ‘टक डर्टी’सँग मिल्दोजुल्दो !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १२:४१

काठमाडौं । इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ एक अंग्रेजी गीतबाट प्रभावित भएको आरोप लागेको छ । अमेरिकी गायक जेसन डेरुलाको चर्चित गीत ‘टक डर्टी’सँग इन्दिराको गीतको बिट र कम्पोजको केही अंश मिल्दोजुल्दो देखिएको हो ।

एक साताअघि सार्वजनिक इन्दिराको ‘पछ्यौरी’ गीतलाई शुक्रबारसम्म ३ लाख ५१ हजार पटक हेरिएको छ । गीतको भिडियोको परिकल्पना पनि ‘टक डर्टी’बाटै प्रभावित देखिन्छ ।

इन्दिराले ‘टक डर्टी’बाट गीत चोरेको भन्दै सामाजिक सञ्जालमा उनका प्रशंसकहरु उनीविरुद्ध खनिएका छन् । तर इन्दिराले आफ्नो सिर्जनामाथि लागेको आरोपको औपचारिक प्रतिक्रिया जनाइसकेकी छैनन् ।

सन् २०११ को एल्बम डान्स विथ मीबाट सांगीतिक करिअर थालेकी इन्दिरालाई पहिलोपटक सिर्जना चोरीको आरोप लागेको हो । कलाको भाषामा ‘प्लेजरिज्म’ भनिने यस्तो कार्यमा यसअघि पनि नेपाली कलाकार मुछिएका छन् ।

इन्दिराको ‘पछ्यौरी’

जेसन डेरुलाको ‘टक डर्टी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?