+
+

केपी ओलीको दाबी : ज्ञानेन्द्र शाहले पढेको वक्तव्य मैले ड्राफ्ट गरेको हुँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १५:२४

२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६३ सालको वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफूले लेखेको दाबी गरेका छन् ।

तत्कालीन समयमा राजा ज्ञानेन्द्रले दलहरुले तयार गरेको पत्रकै आधारमा सम्बोधन गरेको उनले बताए ।

सम्बोधनको ड्राफ्ट एमालेको केन्द्रीय कार्यालयमा आफूले तयार गरेको उनले दाबी गरे । ‘एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ ।’ त्यही ड्राफ्ट नै ज्ञानेन्द्रले पढेको उनले दाबी गरे ।

आफूले ड्राफ्ट गरेको सम्बोधनको पत्र पढेपछि संसद् पुनःस्थापना भएको उनले सुनाए । त्यसै ड्राफ्टको आधारमा जनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?