+
+

बस र सिनेमाको टिकट जस्तो नागरिकता दिन हुँदैन : सांसद सुवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १५:४७

२४ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बस र सिनेमाको टिकट जस्तो नागरिकता बाँड्न नहुने बताएका छन् ।

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउनु पर्छ, यसको अर्थ बसको टिकट र सिनेमाको टिकट बाँडे जस्तो बाँड्ने हैन ।’

उनले नागरिकता समस्या समाधानका लागि भारतसँगको खुला सीमा बन्द गर्नु पर्ने बताए । सुवालले भने, ‘नेपाली सेनाले पनि सीमा बन्दको प्रस्ताव गरेको छ ।’

उनले सीमा बन्द गर्न ४७ अर्ब रुपैयाँ लाग्ने पनि बताए । ‘असार लागेपछि दिनमै २०–२२ अर्ब रुपैयाँ विकास खर्च भइरहेको छ, यो हिसाबले त दुई दिनको खर्चले त सीमाका काँडेतार लगाउन सकिने रहेछ नि ।’

आमा र बुबा दुवैको वंशजको नागरिकता भएकाले मात्र वंशजको नागरिकता पाउने व्यवस्था गर्नु पर्ने उनको माग छ । सांसद सुवालले वंशजको नागरिकता हुनेले मात्र निर्वाचनमा भाग लिन, सरकारी सेवा, राजनीतिक नियुक्तीे, व्यापार व्यवसाय गर्न पाउनु पर्ने माग गरे ।

उनले नेपालको भूराजनीति अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह नगर्ने बन्दोबस्त गर्न प्रस्ताव गरे । नेपालीसँग विवाह गर्ने विदेशीलाई २० वर्षपछि मात्र परीक्षा दिएर अस्थायी नगारिकता दिने व्यवस्था गर्न उनको माग छ ।

सांसद सुवालले संघ र प्रदेशको नागरिकता बनाउन पनि प्रस्ताव गरेका छन् । अन्य लिंगको नागरिकता चिकित्सा विज्ञानले प्रमाणित गरेपछि मात्रै दिने व्यवस्था गर्न पनि उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?