+
+

त्रिविको प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ८:५३

२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विभिन्न विषयको परीक्षामा प्रश्नपत्र बुबहु दोहोरिएको विषय छानबिन गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माग गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पटकपटक प्रश्नपत्र हुबहु दोहोरिँदा परीक्षाको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उठेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

निजी कलेजका  प्रश्नपत्रसँग हुबहु हुनुले विश्वविद्यालयको लापरबाही, गैरजिम्मेवारीमात्रै नभइ शंकास्पद व्यवहार देखिएको नेविसंघको ठहर ५ ।

असार २२ गतेमात्रै बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ : अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो ।

शनिबारमात्रै त्रिविको बीबीए छैटौँ सेमेस्टरको ‘नेप्लिज सोसाइटी एण्ड पालिटिक्स’ विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्नपत्रसँग मिलेको थियो ।

यस्ता लापरबाही र शंकास्पद कार्यको छानबिन गरी दोषीलाई कारबाही नगरिए विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

यसअघि पनि जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र हुबहु दोहोरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?