+
+
'पछ्यौरी' गीत प्रकरण :

इन्दिराको जवाफ : अरुले त्यही काम गर्दा स्टाइल, हामीले प्रयोगमा ल्याउँदा कपी !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ११:१४
इन्दिरा जोशी । फाइल तस्वीर

काठमाडौं । आफ्नो नयाँ गीत ‘पछ्यौरी’ अंग्रेजी गीत ‘टक डर्टी’सँग मिल्दोजुल्दो भएको भन्दै आलोचना भएपछि गायिका इन्दिरा जोशी विवादमा तानिइन् ।

सामाजिक सञ्जालमा उनका प्रशंसक अंग्रेजी गीतसँग रचना शैली मिलेको भन्दै इन्दिराको आलोचनामा खनिए । तर इन्दिराले यसलाई ट्रेन्ड स्टाइलको रुपमा अथ्र्याएकी छन् ।

आफ्नो गीत जुन अंग्रेजी गीतसँग मिल्दोजुल्दो छ, त्यो पनि अर्को अंग्रेजी गीत बाल्टन बिट बक्सको ‘हर्मेटिको’सँग प्रभावित देखिएको भन्दै इन्दिराले आफ्नो बचाउ प्रयास गरेकी छन् ।

उनी लेख्छिन्, ‘बेक्कारमा टन्नै आलोचना खेप्न पर्नी । अबदेखि अन्तर्राष्ट्रिय शैलीलाई नेपाली स्टाइलमा समावेश नगर्दा नै बेस होला । अरुले त्यही काम गर्दा स्टाइल र ट्रेन्ड हुन्छ । तर हामीले प्रयोगमा ल्याउँदा कपी । ध्वनि र प्रविधिको ज्ञान र प्रयोगमा हामी पछि छौं । धेरैपछि । तर विचारमा त झनै पछि रहेछौं ।’

जुन ३० मा युट्युबमा रिलिज भएको इन्दिराकै शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत पछ्यौरीलाई अहिलेसम्म ४ लाख ३० हजार बढी पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?