+
+

‘नागरिकता विधेयक पारित हुँदा ११ लाखले नागरिकता पाउँछन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १४:००

२६ असार, काठमाडौं । प्रस्तावित नागरिकता विधेयक पारित हुँदा हालसम्म नागरिकतबााट वञ्चित ११ लाख जनाले नेपाली नागरिकता प्राप्त गर्ने दाबी गरिएको छ ।

महिला कानुन विकास मञ्च (एफडब्लूएलडी) ले सरकारले हालै प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक जस्ताको तस्तै पारित भए ११ लाख नागरिकताविहीनले नागरिकता पाउने दाबी गरेको हो ।

एफडब्लूएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठका अनुसार एफडब्लूएलडीले प्रस्तावित नागरिकता विधेयकका प्रावधान र नागरिकताविहीनको समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकताविहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको बताए ।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानमध्ये ५ लाख भन्दा बढी नागरिकता लिन योग्य रहेको तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको छ ।

आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजार बढीले पाउने एफडब्लूएलडीको तथ्यांक छ ।

यी दुबै समस्या समाधान गर्ने गरी विधेयक आएको र जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ ।

‘सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गरे थप ११ लाख नागरिकले आसन्न प्रदेश र संघीय संसद सदस्यको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनेछन्’, एफडब्लूएलडीका कार्यकारी निर्देशक श्रेष्ठले आइतबार राजधानीमा भएको एक कार्यक्रममा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?