+
+

बागमती प्रदेशको राष्ट्रपति रनिङ शिल्डमा सुजितलाई तीन स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते २०:२५

२६ असार, काठमाडौं । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथ्लेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको १ सय मिटर दौडको छात्रामा काभ्रेकी पूर्णिमा श्रेष्ठ, ४ सय मिटर दौडको छात्रमा चितवनका सुदीप महतो र छात्रामा काभ्रेकी देवकी गिरी, १ हजार ५ सय मिटर दौडको छात्रमा सिन्धुपाल्चोकका टीकाराम लोप्चन र छात्रामा सिन्धुपाल्चोककै अस्मिता भुजेल तथा सटपुटको छात्रमा चितवनका दीपेश महतो र छात्रामा काभ्रेकी बन्दना दनुवारले स्वर्ण जिते ।

प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा एथलेटिक्ससहित भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी गरी ६ खेल समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?