+
+

साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १०:५४

२७ असार,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

संघ र प्रदेशको निर्वाचनको मिति साउन ४/५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए ।

‘अब इलेक्सनको मोडमा जाने बेला भएको छ’ थापाले भने,’ मतदातालाई नाम लेखाउन सहजीकरण गर्ने काममा तपाईंहरू लाग्नुस् ।’

पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे । केन्द्रीय समितिको बैठकमा जमेर छलफल गर्ने उनले बताए ।

विगतको परम्परालाई हटाउने कार्यमा सुधारका कार्य सुरु गरेको थापाले बताए । ‘महाधिवेशन आउने बेलामा मात्रै क्रियाशील सदस्यता बाँड्ने कार्य अब हुँदैन । क्रियाशील सदस्यता वितरण अबदेखि नै सुरु हुन्छ’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?