+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १२:३९

२७ असार, काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ जहार २ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावल र तेजावी सुनको मूल्य क्रमशः ९४ हजार ८ सय र ९४ हजार ३ सय रुपैयाँ प्रतितोला थियो ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?