+
+

ढुंगे युगको अनलाइन फारम भन्दै युवा संघले घेर्‍यो यातायात कार्यालय

नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:३१

२७ असार, काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ ।

यातायात कार्यालयले सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, ढिलासुस्ती र लापरबाही गरेको भन्दै युवा संघले सोमबार यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो ।

युवा संघका कार्यकर्ताले ‘ढुङ्गे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम’, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गर लगायतका नारा लेखेको ब्यानर राखेर विरोध प्रदर्शन गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोलेपनि पूर्ण रुपमा नचल्ने साइट बनाएको आरोप लगाए । उनले साइट नचल्दा पुनः नागरिकहरु विचौलियाकोमा पुगिरहेको दाबी गरे ।

अध्यक्ष पौडेलले अनलाइन फारम नाम मात्रैको भएको भन्दै यसलाई व्यवस्थ्ति गर्न कार्यालयको ध्यानाकर्षण गराए । उनले कर्मचारी र विचौलियालाई पैसा खुवाएर लाइसेन्सको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने पनि बताए ।

अध्यक्ष पौडेलले देशका धेरै कार्यालयहरुमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरी रुपमा सवारी चलक अनुमति पत्र लगायतका कुराहरुमा ढिलासुस्ती गर्न नहुने बताए । उनले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?