+
+

उपसभामुख चयन छिट्टै हुन्छ : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:१६

२७ असार, काठमाडौं । नेपाली कांग्रेसले छिट्टै नै उपसभामुख चयन गर्ने बताएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकका बीचमा पत्रकारसित कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले उपसभामुख नहुँदा संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या आएको बताए ।

उनले त्यो समस्या समाधानका लागि पनि छिट्टै उपसभामुखको चुनाव गर्नु पर्ने बताए ।

उनले उपसभामुख नभएको र संवैधानिक परिषद्को बैठक पनि बस्ने स्थिति नरहेकाले सरकारले संसदमा संवैधानिक परिषद् सम्बन्धी विधेयक दर्ता गरेको स्पष्ट पारे ।

‘निर्वाचन पनि नहुने अनि संवैधानिक परिषद्को बैठक पनि नहुने भन्ने हुन्छ र ? त्यसकारण आवश्यता अनुसार जहाँ समस्या छ, त्यो सुधार हुन सक्ला । उप सभामुख चयन बाँकी हुन् रहेको भएर नै विधेयक अघि बढेको हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?