+
+

साँचो डिभोर्स गर्न नक्कली बिहे गर्ने हतार गर्दैनौं : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:४७

२७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरेका छन् ।

सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले एकछिन सत्तामा पुग्नु नै सबथोक गर्ने पक्षमा आफूहरु नभएको बताए । आफूहरुले पनि गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै उनले भने, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौं ।’

उनले गठबन्धनलाई विहेको संज्ञा दिँदै हरेक विहे डिभोर्समा टुंगिने टिप्पणी गरे ।  गठबन्धन सरकार घृणाको पात्र बनेको भन्दै ओलीले सत्तामात्र सबथोक नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?