+
+

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म

रासस रासस
२०७९ असार २८ गते ९:०८

२८ असार, सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ ।

कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म गरी १२ घण्टा सेवा दिन थालनी गरेको हो ।

कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो ।

यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

सबैभन्दा धेरै गुनासो राहदानीको रहेको छ । प्रशासनले कर्मचारी अभावमा राहदानीको सेवालाई व्यवस्थित गर्न नसकेको गुनासो आएको थियो । यही गुनासो व्यवस्थापन गर्ने सन्दर्भमा प्रशासनले आफ्नो सेवा समय बढाएको हो ।

कार्यालयले विगतमा एक हप्तामा ८० जनाको राहदानी फारम लिने गरिएकामा अब दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने प्रशासनले जनाएको छ ।

कर्मचारी अभाव हटेकाले बिहान ७ देखि साँझ ७ बजेसम्म १२ घण्टा दैनिक सेवा विस्तार सुरु भएकाले सेवाग्राहीको गुनासो सम्बोधन भएको जनाउँदै अब सेवाग्राहीले तत्कालै सेवा पाउने प्रजिअ न्यौपानेले बताए ।

कार्यालयले राजस्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इन्रोल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ ।

बिहान ७-१० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ७ बजेसम्म कर्मचारी व्यवस्थापन प्रशासनले गरेको छ ।

प्रशासनको सेवा प्रवाहमा आवश्यक कर्मचारीका लागि कमलामाई नगरपालिकाले सहजीकरण गरिदिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?