+
+

पुरुष अनिवार्य भनेको भए उपसभामुख र उपाध्यक्ष ५ दिनमै नियुक्ति भइसक्थ्यो : वामदेव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १२:२७

२८ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ भने राष्ट्रियसभा उपाध्यक्ष पद पनि केही महिनादेखि खाली छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा बोल्दै गौतमले यो विषय सरकार र दलहरुको प्रथामिकतामा नपरेको बताए ।

संविधानले पुरुष नभए पनि हुन्छ, तर बराबरी हक अधिकार छ भन्ने सन्देश दिन महिला अनिवार्य गरेको भन्दै उनले उपाध्यक्ष नियुक्तका लागि राष्ट्रियसभा अध्यक्षको पनि ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभामा उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त हुनु लाजमर्दो भएको भन्दै उनले भने, ‘यदि पुरुष अनिवार्य भनेको भए खाली भएको ५ दिनमा नियुक्ति भइसक्थ्यो ।’

उनले अघि भने, ‘जुन ठाउँमा महिला अनिवार्य भनिएको छ, त्यो भएको छैन । यो लाजमर्दो कुरा हो । महिला माननीयहरुले आन्दोलन नै गर्नुपर्ने जस्तो लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?