+
+

‘देवदास’को २० वर्ष : भन्साली भन्छन्- ठूलो अवरोधबीच फिल्म बनाएँ, धेरै पीडा सहें

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १६:२७

काठमाडौं । सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘देवदास’ एक मात्र भारतीय फिल्म थियो जसलाई टाइम म्यागजिनले सन् २००२ मा विश्वभरका शीर्ष १० फिल्मको सूचीमा चयन गरेको थियो । फिल्मबारे बोल्दै निर्देशक भन्सालीले भने, ‘हामी सबै बाधा व्यवधानको बाबजुद फिल्म बनायौं । देवदास कान्सको अप्रतिस्पर्धी खण्डमा छानिएको थियो ।’

शाहरुख खानलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउनु कत्तिको चुनौतीपूर्ण थियो भन्ने कुरामा उनी केही खुले । ‘देवदास बनाउन सजिलो पक्कै थिएन । मैले धेरै पीडा सहें । जब मलाई कान्समा बोलाइयो, तब मेरो दुई वर्षको तपस्या सार्थक भएजस्तो लाग्यो ।’

‘मलाई भन्ने भगवानको आफ्नै तरिका थियो, तिमीले एकदमै कष्ट सह्यौं । अब खुसीको सुरुवात हुने बेला आएको छ । कान्सको लागि समयमै फिल्म तयार गर्न हामीले दोब्बर गतिमा काम गर्नुपर्ने थियो । हामी पूर्णरुपमा अचम्ममा पर्‍यौं । हामीले उनीहरुलाई लगभग सकिएको भिडियो पठाएका थियौं । तर फाइन ट्युनिङको लागि समय थिएन,’ उनी भन्छन् ।

‘देवदासलाई ठूलो पर्दामा हेर्नु थिएन । कान्स जुरीले सानो पर्दामा यसको प्रशंसा गर्नु एक चमत्कार हो । जब कान्सबाट इमेल आयो, त्यो मेरो जीवनको महत्वपूर्ण क्षण थियो । मनभित्रैदेखि खुसीको अनुभूति भयो । साढे दुई वर्षमा फिल्म बनाउने बाहेकको अरु काममा उत्साहित भएको छु,’ उनले सुनाए ।

शरदचन्द्र चटर्जीको शास्त्रीय रोमान्स ट्रयाजेडीको भव्य रुपान्तरणले मेलोड्रामाबाट कविता सिर्जना गर्न दृश्य माध्यम शक्तिको रुपमा निर्देशकप्रतिको विश्वासलाई पुष्टि गर्छ । ‘हम दिल दे चुके सनम’पछि भन्सालीले एक मनमोहक रोमान्टिक त्रासदी सिर्जना गरे जसले दर्शकको संवेदनालाई जीवनको भव्यता दिने र संवेदना प्रवाह गर्ने काम गर्छ ।

फिल्मका पात्र उनीहरुको अलंकृत पहिरनमा हिंड्छन् जुन उत्कृष्ट धागोबाट कातिएकोजस्तो देखिन्छ । तर त्यो भव्यताले कथाको गतिमा कहीं कतै अवरोध गर्दैन । विमल रोयले सन् १९५० मा जसरी शब्दमार्फत चित्रण गरेका थिए, निर्देशक भन्सालीले दृश्यमा त्यो भन्दा पर पुगेर भव्यता चित्रण गरे ।

वियोगान्त क्षणलाई पुष्टि गर्न भन्सालीले सिर्जना गरेका दृश्य फिल्मका हाइलाइट् हुन् । चाहे त्यो देवदासका दुई महिला पात्र पारो र चन्द्रमुखीलाई रमाइलो नृत्यमा एकसाथ प्रस्तुत गर्ने कार्य होस् वा आफ्नै अन्तिम संस्कार गर्ने रक्सीले मातेको पुरुष पात्र देवदास नै किन नहोस् । भन्सालीका मौलिक विचारले फिल्मको भव्यतालाई सुन्दर बनाउँछन् ।

२० औं शताब्दीको प्रारम्भिक कोलकाताको सामन्ती वैभव र फुर्सदको मूडलाई कालातित सेटिङमा उनेर निर्देशक भन्सालीले चम्किलो भवन निर्माण गरेका छन् । हम दिल दे चुके सनम अघिका भारतीय फिल्ममा यस्तो भव्यता कमै थियो । चटर्जीको उपन्यासमा निकै चर्चित भएको यसको समापनको दृश्यमा भन्सालीले मर्दै गरेको घरअघि अन्तिम सास लिन्छ जसलाई केही फरक कोणबाट खिचिएको छ ।

ऐश्वर्या राय र माधुरी दीक्षितले प्रेमिका र नगरवधुको भूमिकामा असीमित क्षमता पस्किएका छन् । नगरवधुको चरित्रमा ‘पाकिजा’ फिल्ममा मीनाकुमारीले गरेको भन्दा यसलाई भव्य कोरियोग्राफी मानिएको छ । यो भूमिकामा माधुरी अब्बल देखिएकी छन् ।

जब सन् २००२ जुलाई १२ मा देवदास रिलिज भयो र यसले भारतमा डरलाग्दो समीक्षा प्राप्त गर्‍यो । जसले साँच्चिकै भन्साली आहत भए । ‘देवदासलाई देखावटी बनाएको भन्दै मेरो आलोचना भयो । तर यथार्थवादी फिल्म यो देशमा वास्तविक फिल्म होइन । यो मीरा नायरको मनसुन वेडिङजस्तो विधामा छैन, जहाँ क्यामेराको उपस्थितिलाई यति कम उल्लेख गरिएको छ कि जुन लगभग गायब हुन्छ,’ भन्साली भन्छन् ।

‘तपाईंलाई लाग्छ कि तपाईं वास्तविक बिहेमा हुनुहुन्छ । भारतीय सिनेमाको आयाम अब मीरा नायरदेखि सत्यजित रेसम्म फैलिएकोमा म खुसी छु । उनको बाटो थियो । मसँग मेरो छ । मैले मेरो फिल्मलाई समीक्षकले आलोचना गर्नुहुँदैन भनेको होइन । तर मैले छनौट गरेको विधा र ढाँचामा उनीहरुले फिल्मलाई न्याय गर्नुपर्थ्यो । मेरो बाटो पनि एउटा बाटो हो । अर्को निर्देशकले यही कथालाई अर्को तरिकाले बनाउन सक्छ,’ उनी भन्छ्न् ।

देवदासमा आफ्नो भूमिकाबारे शाहरुख खान भन्छन्, ‘देवदास त्यो यात्री हो जसलाई सबै कुरा चाहिन्छ र केही पनि चाहिंदैन । ऊ विजेता र हार्ने दुवै चीज हो । यो धेरै अनौठो छ । किताब पढ्दा पारोले देवदासलाई दा भनेर बोलाउँछिन् जसको अर्थ भाइ हो । त्यसैले ऊ एकै समयमा प्रेमी र भाइ हो । यो कसरी भयो ? यस्तो कुरा देवदाससँग मात्रै हुनसक्छ । धेरैले हाम्रो फिल्मलाई उपन्याससँग तुलना गरिरहेका छन् । मेरो विचारमा उपन्यास पढ्ने अधिकार थोरैलाई छ । पूर्व धारणा र अपेक्षा राखेर देवदास हेर्न सक्नुहुन्न । प्रत्येक चोटि जब म देवदास पढ्छु, म यसमा फरक मूड पाउँछु ।’

बलिउड हंगामाबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?