+
+
Shares

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिकता विधेयक पेश गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते ८:३१

२९ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेश गर्ने तयारी छ । संसदको सम्भावित कार्यसूचीमा  गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक  पेश गर्ने उल्लेख गरिएको छ ।

आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत हुनेछ ।

नेपाल रेल्वे विधेयक-२०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, पारित गर्न प्रस्ताव गर्ने, आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने लगायतका कार्यसूची पनि रहनसक्ने संसद सचिवालयले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?