+
+

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ४ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १५:२६

२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा फसेको दिन सेयर बजारमा भने दोहोरो अंकको वृद्धि भएको छ । नेकपा एमालेको अर्थ विभाग सदस्यमा ‘एम अधिकारी’ भन्ने व्यक्तिको नाम समावेश भएको छ । उनी को हुन् भन्ने विवादका बीच गभर्नर अधिकारी समेत विवादमा मुछिएका हुन् ।

लगानीकर्ताले नेपाल राष्ट्रले लिएको चालु आवको मौद्रिक नीतिले लगानी निरुत्साहित भएको मान्दै आएका छन् । यस विषयलाई बुधबार संसदमा नेपाली कांग्रेस महामन्त्री गगन थापाले समेत उल्लेख गरेका थिए । बुधबार ५९.५४ अंकले बढेको बजार १९८६.८२ बिन्दुमा पुगेर रोकिएको छ । बुधबार ३.०९ प्रतिशतले बजार बढेको हो ।

बुधबार कुल २२५ वटा कम्पनीको ३२ हजार ७८२ वटा कारोबारबाट ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको भएको छ । बुधबार सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । नेपाल फाइनान्स र रिलायन्स फाइनान्समा बुधबार पोजेटिभ सर्किट लाग्यो । सीइडीबी हाइड्रो, कर्पोरेट विकास बैंक, सिजिटन्स म्यूचअल फण्डसहित करीव एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?