+
+

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असार २९ गते १६:२४

२९ असार, काठमाडौं । काठमाडौं  महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ ।

आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?