+
+

‘पानीफोटो’को ट्रेलरबाट उत्साहित मलिका भन्छिन्- अबको रोजाइ कन्टेन्टमा आधारित फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १७:२०

काठमाडौं । आफ्नो दोस्रो फिल्म ‘पानीफोटो’को ट्रेलरबाट मलिका महतले सुखद प्रतिक्रिया प्राप्त गरेकी छन् । तर उनको डेब्यु फिल्म ‘यात्रा’ले भने त्यो वर्ड अफ माउथ हासिल गर्न सकेन जुन उनलाई आवश्यक थियो ।

‘पानीफोटो’को ट्रेलर मंगलबार सार्वजनिक भयो र यसमा मलिका ग्रामीण युवतीको भूमिकामा चित्रित छन् । जुन उनको वास्तविक इमेजभन्दा निकै पृथक हो । झट्ट हेर्दा ‘मोडर्न’ हुलियाकी मलिका ‘पानीफोटो’को ट्रेलरमा विशुद्ध गाउँले चरित्रमा प्रस्तुत छिन् ।

उनको हाउभाउ र बोलीचालीमा पनि दुरुस्तै चरित्रको भाव आउँछ । उनको अभिनय दुई हस्ती अभिनेता अनुप बराल र खगेन्द्र लामिछानेको झैं सुन्दर लाग्छ ।

हुन त म्युजिक भिडियो मोडलिङबाट फिल्ममा डेब्यु गरेकी मलिकालाई यतिबेला भिडियोबाट आएकी कलाकारको संज्ञाले पछ्याइरहेको छ । तर उनी यसलाई स्वभाविक रुपमा लिन्छिन् । भन्छिन्, ‘धेरै भिडियोमा काम गर्दा पनि फिल्मको अभिनयमा पनि नेचुरल्ली त्यो आउँछ । त्यसमा त्यस्तो नराम्रो त लाग्दैन मलाई ।’ उनले शान्तपूर्वक यसरी आरोपहरुको खण्डन गरिन् ।

उनी अगाडि भन्छिन्, ‘मेरो आफ्नो कामको कुरा गर्दा मैले जज नै गर्न सक्दिनँ । जतिमा काम गरे त्यसमा दर्शकबाट आएको फिडब्याक हेर्दा मैले यतिसम्म गरे हुँला जस्तो लाग्छ ।’

‘पानीफोटो’मा अन्तिम क्षणमा जोडिएको बताउँदै मलिका दर्शकको प्रतिक्रिया थाहा पाउन आतुर छिन् । मलिकाले यो फिल्ममा अनुप बराल र मेनुका प्रधानकी सन्तानको भूमिका निर्वाह गरेकी छन् । फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्न निस्किएका दम्पतीको कथा पेश गर्छ ।

सोही अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मलिकाले आफूलाई विषयवस्तु (कन्टेन्ट) प्रधान फिल्ममा अभिनय गर्न रुचि लागेको बताइन् । ‘कलाकार भएपछि अभिनय त गर्नुपर्छ तर मेरो रोजाइमा कन्टेन्ट बेस्ड फिल्म रोजाइमा हुन्छन् ।’

‘पानीफोटो’ साउन १३ गते फिल्म रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?