+
+

वाग्मती नदीमा २ बालकको शव भेटियो

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७९ असार ३१ गते ११:३३

३१ असार, रौतहट । रौतहटको वाग्मती नदीमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान भेटिएको हो ।

बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए । दुवै बालकको खोजी कार्यका लागि गोताखोरसहितका सुरक्षाकर्मीहरु परिचालन भए पनि बिहीबार फेला परेका थिएनन् ।

खोजीकै क्रमममा हर्षकुमार झाको शव बिहीबार बिहान दुर्गाभगवती-५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं ३ पर्साटोलमा वाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

शव भेटिएपछि हाल मुचुल्कालगातयतका कामहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?