+
+

नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुन्छ : गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १४:३६

३१ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए  परिमार्जन हुने बताएका छन् ।

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रमा उठेका प्रश्नको जवाफ दिँदै खाँणले यस्तो बताएका हुन् ।

‘कार्यन्वयनमा गएपछि भएका समस्यालाई फेरि पनि कार्यान्वयन हुँदै जाने छ,’ उनले भने, ‘एकपटक विधेयक आएपछि त्यसलाई पनि थप परिस्कृत गर्दै जान सकिने छ ।’

कुनै पनि नागरिक नेपाली नागरिकता पाउनबाट बन्चित नहुन् भन्ने कुरामा सचेत रहेको र यही नै संविधानको मूल अवधारणा भएको उनले बताए ।

गृहमन्त्री खाँणले सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिवद्ध रहेको समेत बताए।  ‘नेपाली नागरिक नागरिकताबाट बन्चित नहोस्,’ उनले भने, ‘नेपाली नागरिकले नागरिकता प्राप्त गर्नै पर्दछ, यो संविधानको मूल अवधरणा पनि हो । त्यसै अवधारणमा आधारित भएर यो विधेयक आएको छ।’

नारिकता सम्बन्धी विधेयक यो सरकारले नल्याएको भन्दै उनले यसमा कसैले जस लिने र कसैलाई दोषारोपन गर्न आवश्यक नरहेको बताए। ‘हामी दोषारोपण र अपजसबाट पनि माथि उठौं । सबै नेपालीले नागरिकता प्राप्त गरुन् भन्ने हामी सबैको संकल्प हो,’ खाँणले भने।

यसका साथै नागरिकता विधेयकमाथि संशोधन प्रस्ताव राख्ने समयावधि सुरु भएको छ ।

आज विधेयकमाथि विचारगरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ। अब साम्सददरुले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?