+
+

राजीनामा दिने एआईजी पोखरेलको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १८:४२

३१ असार, काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् ।

धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ ।

सरकारले सिंहलाई आईजीपी बनाए लगतै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन् ।

तर एआईजी पोखरेल कार्यालय गएका छैनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?