+
+
Shares

प्रधानध्यापकसँग गरेको रास्वपा सांसद पोखरेलको व्यवहारप्रति शिक्षक महासंघको निन्दा

‘माननीय पोखरेलबाट विद्यालय हाताभित्र प्रधानध्यापकमाथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार हुनुका साथै जननिर्वाचित प्रतिनिधिको गरिमा र विश्वाससमेत घाइते भएको हाम्रो ठहर छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते २१:१६

१२ वैशाख, काठमाडौं । रास्वपा सांसद विश्वराज पोखरेलले गृहजिल्लाका एक प्रधानध्यापकमाथि गरेको व्यवहारको नेपाल शिक्षक महासंघले निन्दा गरेको छ । शनिबार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक विज्ञप्ति जारी गरेर विद्यालय हाताभित्र पसेर प्रधानध्यापकमाथि गरेको व्यवहारको निन्दा गरेको हो ।

‘माननीय विश्वराज पोखरेलले २०८३ वैशाख १० गते श्री चण्डेश्वरी मावि सिजिदेम्वा–२ ओखलढुंगाका प्रधानध्यापक सन्तबहादुर मगरमाथि भएको धम्कीपूर्ण र अपमानजनक व्यवहारप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हरेक पदाधिकारीको आफ्नो पदीय जिम्मेवारी र क्षेत्राधिकार हुन्छ । यस तथ्यलाई बिर्सेर माननीय पोखरेलबाट विद्यालय हाताभित्र प्रधानध्यापकमाथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार हुनुका साथै जननिर्वाचित प्रतिनिधिको गरिमा र विश्वाससमेत घाइते भएको हाम्रो ठहर छ ।’

त्यस घटनाको निन्दा गर्दै शिक्षक महासंघले शिक्षा क्षेत्रको मर्यादा र स्वयत्ततालाई सम्मान गर्न र आइन्दा यस प्रकारका व्यहार गर्न सबैसँग शिक्षक महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?