+
+
Shares

रास्वपा सांसदलाई रवि लामिछानेको निर्देशन- आफ्नो मर्यादा नबिर्सिनुस्

‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो । तर त्यो क्रममा आफै कानुन बन्न खोज्ने होइन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १५:१६

१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसदहरूलाई मर्यादा नबिर्सिन निर्देशन दिएका छन् । बुधबार बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा लामिछानेले मालिक बन्नेका लागि रास्वपा नभएको बताउँदै मर्यादाको ख्याल राख्न निर्देशन दिएका हुन् ।

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो । तर त्यो क्रममा आफै कानुन बन्न खोज्ने होइन् ।’

यस्तै उनले अन्तर्जातीय विवाहको बहानामा समाजमा हुँदैआएको विभेद र दुर्घटना रोक्न आवश्यक रहेको बताए । ‘यसको लागि पहल गर्नुपर्छ । तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?