+
+
Shares

नेताका रूपमा सबैको घरमा पुग्न नसकौँला, नीतिका रूपमा पुग्छौँ : रवि लामिछाने

सुकुमवासीलाई सास्ती भएको स्वीकार्दै लामिछानेले भने, ‘अलिकति दुःख हुन्छ । परिवर्तनको यो संघारमा काहीँ न काहीँ, कतै न कतै अलिकति दुःख त सबैलाई हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:५३

१४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले नेताका रूपमा सबैको घरमा पुग्न नसकेपनि नीतिका रूपमा सबैको घरमा पुग्ने टिप्पणी गरेका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफू नहराएको दाबी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘नेताका रूपमा तपाईँको घरमा पुग्न नसकौँला, तर नीतिका रूपमा रास्वपाको सरकारको नीति तपाईँको घरमा पुग्नेछ,’ लामिछानेले भने, ‘त्यसले अन्ततोगत्वा तपाईँलाई सहजतातिर लैजानेछ ।’

सरकारले सुकुमवासी बस्ती खाली गराउँदा स्वयं सुकुमवासीले नै साथ दिएको पनि उनले दाबी गरे । ‘सरकारप्रति विश्वासको वातावरण भए यस्तो वातावरण बन्छ । सरकारले केही न केही गर्छ हाम्रा लागि भन्ने विश्वास भएपछि यस्तो हुन्छ,’ उनले भने ।

नागरिकको विश्वास आर्जन गर्नु ठूलो कुरा रहेको उनले बताए । उनले अगाडि भने, ‘सरकार त बन्छ, दुई तिहाइको सरकार बन्ने, ढल्ने भइरहन्छ । तर जनताको विश्वास भएको सरकार भयो भने नागरिकले पनि सहयोग गर्छन् । नागरिक पनि सँगसँगै छौँ भन्नुहुन्छ ।’

यद्यपि यसले सुकुमवासीलाई सास्ती भएको कुरा भने सभापति लामिछानेले स्वीकार गरे । ‘अलिकति दुःख हुन्छ । परिवर्तनको यो संघारमा काहीँ न काहीँ, कतै न कतै अलिकति दुःख त सबैलाई हुन्छ,’ उनले भने, ‘तर त्यसले दिने नतिजा, भोलिको पुस्ताले परिवर्तन, हामीले एउटा चुनावबाट अर्को चुनाव हेर्ने त होइन नि । एउटा पुस्ताबाट अर्को पुस्तामा हेर्ने हो ।’

आउने पुस्ताले अहिलेको जस्तो पीडा नभोगोस् भन्नका लागि अहिले केही समस्याको सामना गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?