News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सभापति रवि लामिछानेले संवैधानिक आयोग र नियोगहरूमा व्यवहारिक निर्णय लिन कठिनाइ भइरहेको बताएका छन्।
- उनले जनअपेक्षाअनुसार काम गर्न नम्र राजनीतिक आक्रामकता देखाउनुपर्ने बताए।
- रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले धेरै कुरामा समय कुरेर बस्न नसकिने उल्लेख गरे।
१६ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले संवैधानिक आयोग र नियोगहरूबाट व्यवहारिक निर्णय गर्न कठिनाइ हुँदै गएको भन्दै जनअपेक्षाअनुसार काम गर्न नम्र राजनीतिक आक्रामकता देखाउने बताएका छन् ।
रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सम्बोधन गर्दै उनले धेरै कुरामा समय कुरेर बस्न नसक्ने उल्लेख गरे ।
‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन । जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4