+
+

मुख्यमन्त्रीको राजीनामा माग्दै कर्णाली प्रदेश सभा बाहिर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते २०:०४

३१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा माग्दै प्रदेश सभा बाहिर प्रदर्शन गरिएको छ ।

नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै प्रदेशसभा अगाडि विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनलाई प्रहरीले हस्ताक्षेप गर्न खोजेपछि केहिबेर प्रदेश सभाअघि तनाव समेत भएको थियो ।

कर्णाली समृद्धिका पिलर मानिने तीनवटा विधेयक प्रदेश सभामा पारित हुनुपर्ने माग राख्दै ‘विधेयक सरोकार समाज’ कर्णालीले मुख्यमन्त्री शाहीको राजीनामा मागेको हो ।

पूर्वमन्त्री भण्डारीले प्रदेश सभामा दर्ता गराएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयकलाई पारित गरिनुपर्ने उनीहरुको माग छ । सरकार आफैंले २०७७ कात्तिक २५ गते ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । यो सदनमा टेबुल भएर छलफलका लागि सामाजिक विकास समिति पठाइएको छ ।

२०७८ असोज १० गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ र पुस २६ गते दर्ता गराएको ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक, २०७८’ दुवै गैर–सरकारी विधेयक हुन् ।

प्रदेश सभामा पारितको अन्तिम चरणमा रहेका यी तीनवटा विधेयक संशोधनका लागि भन्दै सरकारले फिर्ता लिन खोजेपछि भण्डारीले विधेयक सरोकार समाज नै बनाएर आन्दोलन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?