+
+

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर संकलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते ७:११

१ साउन, काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्या1एमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग-अलग भाँडोमा राख्नुपर्ने बताइन् । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने उनले बताइन् ।

उनका अनुसार हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गर्ने वातावरण विभाग प्रमुख राईले बताइन् ।

काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका थिए तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फाल्न रोक्ने उनीहरुले चेतावनी दिएका छन् । त्यसैले काठमाडौं महानगरपालिकाले पनि स्रोतमै फोहोरको वर्गीकरण गरी संकलन र बिसर्जनको काम सुरु गर्दैछ ।

तर महानगरपालिकाले साउन १ भन्दा अघि थुपि्रएको फोहोर नै व्यवस्थापन गरेर सकेको छैन, जुन फोहोर कुहिने र नकुहिने भनी वर्गीकरण गरिएको छैन । मेयर बालेन्द्र साहको सचिवालयका अनुसार साउन १ गतेबाट छुट्टाएर फोहोर लैजाने भए पनि अहिले नछुट्याई राखिएको फोहोर लैजान समस्या छ ।

महानगरका अनुसार केही स्थानमा अझै फोहोरहरु उठ्न सकेको छैन, ती कतिपय फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका निजी कम्पनीको आन्तरिक समस्याको कारण रोकिएको छ भने केही बञ्चरेडाँडा जाने बाटो अवरुद्ध हुँदा रोकिएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर साहले चुनावी अभियानकै क्रममा कुहिने र नकुहिने फोहोर लिने गाडी छुट्टाछुट्टै दिनमा पठाउने बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?