+
+

पहिले हिरो बनें, अब एक्टर बन्छु : प्रदीप खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १३:०७

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ आगामी भदौ १० गते प्रदर्शनको तयारीमा छ । कर्णालीको विपन्न युवकले सरकारी शिक्षक बन्न गरेको संघर्ष प्रस्तुत गर्ने फिल्ममा प्रदीप खड्काको मुख्य भूमिका छ ।

सात वर्षअघिको फिल्म ‘इस्केप’बाट अभिनय करिअर थालेका खड्का ‘प्रेमगीत’जस्ता मूलधारे फिल्मले चर्चामा छन् । तर यसपटक उनले कन्टेन्ट र चरित्र लक्षित फिल्ममा आफूले प्रस्तुत गरेका छन् ।

चितवनमा यसैसाता आयोजित पत्रकार सम्मेलनमा खड्का केही परिपक्व सुनिए । ‘पहिला हिरो बनें, अब एक्टर बन्छु,’ खड्काको यो अभिव्यक्तिले अभिनयलाई लिएर उनको बदलिएको बुझाइलाई प्रस्तुत गर्छ ।

पत्रकार सम्मेलनमा प्रदीपले ‘प्रकाश’बारे यसरी बताए–

गुदी नभएको प्रोडक्टजस्तो भयो भन्ने गुनासो सुनिरहेको थिएँ । फिल्म बनाइदिन्छु, तिमी हिरो बन्छौ त भन्ने सोचाइबाट सुरु भएको मान्छेलाई कस्तो फिल्म खेल्नुपर्छ र के फिल्म गर्नुपर्छ भन्ने मलाई थाहा नै भएन ।

परिस्थितिको मागअनुसार मैले आफूलाई अघि बढाएँ । मानव सभ्यता यहाँसम्म आउनु पनि त्यही भएर होला । मलाई यतिबेला यो महसुस भएको छ कि मैले खेल्ने फिल्मभन्दा बाहिर पनि अर्को खालको दर्शक छन् भन्ने कुरा । त्यो दर्शकीय वर्गलाई नेपाली फिल्म देखाउनुपर्छ भन्ने मलाई महुसस भयो ।

तिमीले यस्तो फिल्म गर्नुपर्छ भन्ने सुझावपछि मलाई यस्तो महसुस भयो । अहिलेसम्म हिरो बन्ने प्रयास गरें, अब म एक्टर बन्ने प्रयास गर्छु भनेपछि दाइहरुसँग भेट हुन थाल्यो । प्रकाश फिल्मको आइडिया एकदमै मनपर्‍यो । त्यसपछि फिल्म गरौं भनेर अगाडि बढियो ।

त्यसबेलासम्म फिल्मको कथा र पात्र के हो, केही पनि थाहा थिएन । निर्देशकले सुनाएको कथाको सारांश अनुसार एउटा द्वन्द्व भयो, एउटा विद्रोह भयो । त्यो विद्रोहले एउटा प्रणाली ल्यायो, जुनभित्र अहिले हामी छौं । त्यो प्रणालीभित्र यस्ता कमीकमजोरी छन्, जसले अर्को विद्रोह निम्त्याउन सक्छ । यो चीज भनेको भविष्यवाणी गरेजस्तो लाग्यो मलाई ।

एउटा साहित्यकारले जमानामा लेखेको कुरा आज सार्थक देखिएको छ भने कला क्षेत्रमा काम गरेको कलाकारले भविष्यवाणी गर्न सक्छ भने त्यो चीजभन्दा अर्को गतिलो चीज मैले केही दिन सक्छु भन्ने लागेन मलाई । मैले गर्न लागेको टिमले भविष्यमा नेपालमा यस्तो व्यवस्था ल्याउँदैछ भनेर फिल्म बनाउन लागेकोमा रुचि हुनुपर्छ भन्ने लाग्यो ।

फिल्म प्रकाशले भ्रष्टाचार मात्र हैन, अनेक समस्यालाई पनि देखाउँछ । त्यो बाहेक अर्को मूलभूत कुरालाई देखाउँछ फिल्ममा । त्यो चीज गर्न म तयार भएको हुँ । बीचमा मलाई शंका पनि भयो कि मैले गर्न सक्छु कि सक्दिन । म फेलियरसँग डराउने मान्छे त हैन, खराब परिस्थिति आयो भने के हुन्छ फरक पर्दैन मलाई, म तयार भएको हुन्छु ।

म मात्र असफल हुने होइन, म फेल हुँदा लेखक, निर्देशक र निर्माताको समूह नै डुब्ने भएकाले एकचोटि मैले निर्देशकलाई भनें नगरुँ कि क्या हो ? पहिला त आइडिया मनपर्‍यो, जब पछि स्क्रिप्ट हेरें, जुम्लामा जानुपर्ने र जुम्लाको भाषामा बोल्नुपर्ने, जुम्लाको जस्तो पात्र हुनुपर्ने । मेरो कारणले फिल्म डुबेको बोझ लिन चाहन्न पनि भनेको थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?