+
+

प्रदीप ज्ञवाली भन्छन्- पूर्वमन्त्री हुँ तर मेरो घरमा दुई थरी तरकारी पकाउने स्थिति छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते ११:२९

२ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले आफ्नो घरमा दुई थरी तरकारी पकाउने स्थिति नरहेको भन्दै अरुको अवस्था के होला भनेर प्रश्न गरेका छन् । मूल्यवृद्धि अचाक्ली हुँदा जनताको चुलो बल्न नसकेको भन्दै उनले आफ्नो घरमा पनि दुई थरी तरकारी पकाउन सक्ने स्थिति नरहेको बताएका हुन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउन सक्ने अवस्था कमसेकम मेरो चाहिं छैन । मन्त्री पनि भएँ, सांसद पनि धेरै वर्षदेखि छु, सकिंदैन ।’

उनले सरकारले वनावटी मूल्यवृद्धि गराएकाले आम उपभोक्ता मर्कामा परेको आरोप लगाए । वर्तमान सरकारले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उनको आरोप छ ।

आर्थिक हिसाबले मुलुक कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको भन्दै उनले त्यसलाई रोक्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको टिप्पणी गरे । ‘कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो’, ज्ञवालीले भने ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन गर्ने र घटनालाई तोडमोड गर्न नदिने पनि ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?