+
+

वडाध्यक्षले फिर्ता गरे सरकारी मोटरसाइकल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १३:३२

२ साउन, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् ।

वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उनले कार्यालयमा बुझाएका हुन् ।

वडाध्यक्ष श्रेष्ठले सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको रोहबरमा नगरपालिकालाई बुझाएका थिए । उनले भने, ‘मोटरसाइकल लिएमा सेवा सुविधाबाट रकम कट्ने देखियो । आफ्नो बाइक छँदैछ भनेर सरकारी बाइक फिर्ता गरिदिएँ ।’

प्रमुख प्रशासकीय अधिकृत सिग्देलले यसरी सेवा सुबिधा सबैले फिर्ता गर्दा नगरपालिकाको भार कम हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?