+
+
WC Series
काठमान्डु गोर्खाज 2025
23/1 (2.1)
VS
१०७ बलमा १२५ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

गर्मीका कारण सिद्धार्थनगरमा ७ दिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १६:१६

२ साउन, बुटवल । गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन विद्यालय बिदा गर्न निर्देशन दिएको छ ।

अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो ।

वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको छ ।

वर्षायाम भए पनि पानी नपरेका कारण अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा नै प्रतिकुल असर पर्न सक्ने हुँदा विदा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?