+
+

श्रीलंकाको संकट मोचनका लागि समन्वय गर्न सरकारलाई कांग्रेसको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १७:२२

२ साउन, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले श्रीलंकाले बेहोरिरहेको गम्भीर आर्थिक संकट समाधानको पहलका लागि समन्वय गर्न सरकारलाई आग्रह गरेको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रका रूपमा नेपालले श्रीलंका र त्यहाँका नागरिकलाई सहयोग गर्न तथा समस्या समाधानका लागि अन्य देशसँग समन्वय गर्न कांग्रेसले आग्रह गरेको हो ।

‘मित्रराष्ट्र श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेको घटनालाई यौ बैठकले संवेदनशीलतापूर्वक लिएको छ । यो प्रतिकुल स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरू र अन्र्राष्ट्रिय वित्तीय संस्थाहरूलाई यो बैठक आग्रह गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत प्रस्तावमा उल्लेख छ, ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रूपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नु परेको पीडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ ।’

देश आर्थिक संकटमा फसेपछि श्रीलंकामा प्रदर्शन भइरहेको प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय नै कब्जा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?