+
+

११ बुँदे सहमतिपछि त्रिविमा अनेरास्ववियूको आमरण अनशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १७:३०

२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यलयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको आमरण अनसन सातौं दिनमा अन्त्य भएको छ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् ।

उनीहरुबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन गर्ने सहमति भएको छ ।

त्यस्तै ती तहका निरन्तर पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन पन्ध्र दिनभित्र कार्यदल गठन गरी आगामी पुससम्म कार्यान्वयन गर्ने, विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेतृत्वसँग स्ववियु निर्वाचनको सन्दर्भमा भदौ मसान्तसम्म छलफल गर्ने पनि सहमति भएको छ ।

त्यस्तैगरी मानविकी तथा सामाजिकशास्त्र र व्यवस्थापन संकायका परीक्षा प्रणालीमा देखिएका कमजोरी हटाउन परीक्षा प्रणालीलाई थप व्यवस्थित र नीतिगत सुधार गर्न तथा परीक्षा व्यवस्थालाई मर्यादित बनाउन कसुर अनुसार थप सजायको व्यवस्था गर्न उच्चस्तरीय समिति गठन गरी कार्यविधि तयार गर्ने सहमति पनि भएको छ ।

त्रिवि कार्यकारी परिषदले २७ असारमा गठन गरेको छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्ने लगायतको बुँदामा सहमति भएको छ ।

१. उच्चशिक्षा अन्तर्गत स्नातक, स्नातकोत्तर, एमफील तथा पीएचडी तहका नियमित र आन्तरिक श्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन र नियमित तर्फ लैजाने तथा तत्तत् तहको निरन्तर पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन पन्ध्र दिनभित्र कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदन २०७९ पौष मसान्तसम्म कार्यान्वयन गर्ने ।

२. विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेत्तृत्वसंग स्व.वि.यु. निर्वाचनको सन्दर्भमा भाद्र मसान्तसम्म छलफल गर्ने र नेपाल सरकारसँग समन्वय गरी निर्वाचन गर्ने ।

३. सेमेस्टर प्रणाली अन्तर्गत स्नातक, स्नातकोत्तर तहको विभिन्न विषयको प्रश्नपत्र निर्माणका सम्वन्धमा देखिएको समस्याबारे सम्बन्धित डीन कार्यालयको परीक्षावोर्ड, केन्द्रीय परीक्षाबोर्ड र त्रि.वि. कार्यकारी परिपदले समेत मौजुदा कानुन बमोजिम कार्वाही गरेकोले उक्त कार्बाही तत्काल कार्यान्वयन गर्ने ।

४. हालै मानविकी तथा सामाजिकशास्त्र तथा व्यवस्थापन संकायलगायतका परीक्षा प्रणालीमा देखिएका कमिकमजोरी हटाउन परीक्षा प्रणालीलाई थप व्यवस्थित र नीतिगत सुधार गर्न तथा परीक्षा व्यवस्थापनलाई मर्यादित बनाउन कसुर अनुसार थप सजायको व्यवस्था गर्न उच्चस्तरीय समिति गठन गरी आवश्यक कार्यविधि तयार गर्ने र त्रि.वि. कार्यकारी परिषदद्वारा मिति २०७९ / ३ / २७ गते गठित समितिको छानविन प्रतिवेदन कार्यान्वयन गर्ने ।

५. त्रिभुवन विश्वविद्यालयले वार्षिक शैक्षिक कार्य तालिका बनाई सार्वजनिक गर्ने र सोही अनुसार पठन पाठन, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने ६. त्रिभुवन विश्वविद्यालय सेवा आयोगले वार्षिक कार्यतालिका तयार गर्ने, समयानुकुल पाठ्यक्रम परिमार्जन गरी नियमित रुपमा खुल्ला विज्ञापन गर्ने कार्यका लागि सिफारिस गर्ने

७. परीक्षा नियन्त्रण कार्यालयमा TUEMIS वढीमा ६ महिना भित्र कार्यान्वयन गर्ने साथै विकेन्द्रिकरणको अवधारणा अनुरुप

सम्बन्धित क्षेत्रिय कार्यालयहरु मार्फत रजिष्ट्रेशन, परीक्षा फारम, उत्तर पुस्तिका परीक्षण व्यवस्थापन तथा माइग्रेशन, प्रोभिजनल ट्रान्सकृप्ट, मूल सर्टिफिकेट प्रिन्ट र वितरण लगायतका कार्यहरु बढिमा ६ महिना भित्र कार्यान्वयन गर्ने । ८. कानून संकायतर्फ BA LLB कार्यक्रम सञ्चालन गर्न इच्छुक आंगिक क्याम्पसहरुलाई पठन पाठन गर्न आवश्यक सहजीकरण गर्ने।

९. विश्वविद्यालयका विभिन्न प्रशासनिक पदमा उचित पद उपयुक्त व्यक्ति भन्ने अवधारणा कार्यान्वयन गर्न सम्बन्धित पदको नियुक्ति गर्दा सम्बन्धित इच्छुक व्यक्तिको प्रस्ताव (Need of Interest) प्रस्तुत गर्न लगाई मूल्याइनको आधारमा नियुक्ति दिने व्यवस्था कार्यान्वयन गर्ने ।  

१०. त्रिभुवन विश्वविद्यालयको सम्पति माथिको अतिक्रमण रोक्न सरोकारवालासँग समेत छलफलगरी केन्द्रीयकार्यालय सहित सम्पूर्ण निकायहरुले चल, अचल सम्पतिको आवश्यक मुल्याइन र संरक्षण गर्न पन्ध्र दिनभित्र कार्यदल बनाई ६ महिनाभित्र ६ अद्यावधिक र अभिलेखीकरण गर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?