+
+

तारकेश्वरमा कार र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते ९:०७

३ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-८ लामा बजारमा कार र मोटरसाइकल ठोक्किंदा २ जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक नुवाकोटका २२ वर्षीय अनमोल डंगोल र तनँहुका २७ वषर्ीय अर्जुन घर्ती रहेका छन् । घाइते दुवैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

सोमबार राति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुबै सवारी साधन र कार चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?