३ साउन, काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम पनि बैठकमा सहभागी छन् ।
संघीय चुनाव नजिकिँदै जाँदा हालको सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने अभ्यासमा नेताहरु जुटेका छन् ।
मंगलबार माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुराम भट्टराईबीच भेट भएको थियो । उक्त भेटमा पनि समाजवादी केन्द्र बनाएर चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4