+
+

बागमतीका थप ६० विद्यालयमा नर्स राखिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १९:४६

३ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशभित्रका थप ६० वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्ने भएको छ । हाल यो कार्यक्रम प्रदेश भित्रका ११९ स्थानीय तहका ४५९ विद्यालयमा लागू भइसकेको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले यो आर्थिक वर्षमा ६० वटा विद्यालयमा थप कार्यक्रम विस्तार गर्ने जानकारी दिए । त्यसका लागि विद्यालयको नाम सिफारिस गर्न स्वास्थ्य निर्देशनालयबाट स्थानीय तहलाई पत्राचार गरिसकेको उनले बताए । उनले भने ‘हामीले यो आर्थिक वर्षमा थप ६० वटा विद्यालयमा कार्यक्रम विस्तार गर्ने निर्णय गरेका छौं । स्थानीय तहलाई सिफारिस गर्न भनेका छौं ।’

एक विद्यालय एक नर्स सञ्चालन कार्यविधिको आधारमा स्थानीय तहले सिफारिस गरेपछि कार्यक्रम विस्तार गर्ने स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?