+
+

झापा गाउँपालिकामा आगलागी, ६ घर जले

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते ८:४९

४ साउन, काठमाडौं । झापाको झापा गाउँपालिका-५ सिमलडाँगीमा आगलागी हुँदा ६ घर जलेका छन् । मुस्लिम बस्तीमा बुधबार बिहान करिब ३ बजे आगलागी भएको हो ।

आगलागीबाट अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी अब्दुल करिम अलीको घरमा बिजुलीको तार सर्ट भएर सुरु भएको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट लाखौंको धनमाल क्षति भएको अनुमान गरिए पनि एकिन विवरण नआएको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?