+
+

छात्रवृत्तिमा बीएस्सी इन्जिनियरिङ पढ्न पाकिस्तान जान इच्छुकले आवेदन दिनसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:३८

४ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा केशरमहलले छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुकलाई आवेदन दिन सूचित गरेको छ ।

शाखाले सूचना जारी गर्दै पीटीएपी (पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम) कार्यक्रम अन्तर्गत बीएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा साधारण तथा आरक्षण तर्फ कायम गरिएको सिटमा आवेदन माग गरेको हो ।

इच्छुक उम्मेद्वारले साउन ४ देखि १० गते सम्ममा आवेदन दिन सक्ने शाखाले जनाएको छ ।

बीएस्सी इन्जिनियरिङ विषयमा पाकिस्तान सरकारबाट प्रदान भएको ६ सिट मध्ये साधारण तर्फ ३ सिट, मधेशीका लागि १, महिलाका लागि १ र जनजातिका लागि १ सिट संख्या तोकेको छ ।

तोकेको योग्यता पुरा गरेका र त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट २०७८ सालमा लिइएको प्रवेश परीक्षाको योग्यताक्रम सूचीमा सूचीकृत भएका विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?