+
+
Shares

२० मध्ये १६ देशका राजदूतको एग्रिमो आइपुग्यो, चारको अझै बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १५:१२

४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले सरकारद्वारा प्रस्ताव भएका २० देशका राजदूतहरूमध्ये १६ वटा देशका लाग एग्रिमो आइपुगेको र चारवटाको बाँकी रहेको जनाएको छ ।

मन्त्रालयद्वारा बुधबार आयोजति नयिमति पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले उक्त जानकारी दिएकी हुन् ।

‘सरकारले प्रस्ताव गरेकामध्ये १६ मुलुकबाट एग्रिमो प्राप्त भइसकेको छ। जसमध्ये १३ वटामा नियुक्ति नै भइसक्यो,’ उनले भनिन्, ‘३ मुलुकमा नियुक्ति प्रक्रिया अघ बढिसकेको छ, ४ जना राजदूत कार्यभार सम्हाल्न हिंडिसके।’

प्रवक्ता लम्सालका अनुसार अब चारवटा मुलुकबाट एग्रिमो आउन बाँकी छ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै अघिल्लो सरकारले नियुक्त गरेका विभिन्‍न देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको थियो । तर, सरकार गठन भएको एक वर्ष बितिसक्दा सबै देशमा नयाँ राजदूत पठाउन ढिलाइ भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?