+
+

नेटफ्लिक्सले गुमायो थप १० लाख ग्राहक, ब्लकबस्टर सिरिजमाथि भरोसा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १८:०३

काठमाडौं । स्ट्रिमिङ प्लेटफर्मको रुपमा लामो समय शासन गरेको नेटफ्लिक्स यतिबेला भने आफ्नो साख जोगाउन कठिन लडाईं लडिरहेको छ । गत अप्रिलदेखि जुलाईबीचमा नेटफ्लिक्सले १० लाख सब्सक्राइबर गुमाएको छ ।

तर त्यो मात्रै उसको लागि डर पक्कै होइन । प्लेटफर्मका कार्यकारी प्रमुख रिड हास्टिङले थप सब्सक्राइबरले नेटफ्लिक्स छाड्न सक्ने बताए ।

पछिल्लो महिना सुपरहिट ड्रामाको सिजन सफलतापूर्वक सकिएको छ र यसले थप सब्सक्राइबरलाई पलायन हुनबाट रोकेको हुनसक्ने ठानिएको छ । स्वीक्ड गेम यसअघि नेटफ्लिक्सको इतिहासमा सर्वाधिक हेरिएको सिरिज बनेको थियो भने स्ट्रेन्जर थिङले यसै महिना साइट नै डाउन समेत भएको थियो ।

सन् २०११ को अप्रिलमा पहिलोपटक नेटफ्लिक्सले आफ्ना ग्राहक घटिरहेको तथ्य पहिलोपटक बाहिर ल्याएको थियो । प्रतिस्पर्धीले नेटफ्लिक्सलाई चुनौती दिइरहेका छन् । मंगलबार सार्वजनिक गरिएको उक्त तथ्यांक नेटफ्लिक्स इतिहासकै सबैभन्दा ठूलो घाटा थियो । युरोपपछि अमेरिका र क्यानडाका धेरै ग्राहकले नेटफ्लिक्स छाडेका छन् ।

एम्पेरे एनालिसिस एजेन्सीका कार्यकारी निर्देशक गाय बिसोनले नेटफ्लिक्सले ग्राहक गुमाउने क्रम अझै बढ्ने बताए । नेटफ्लिक्सले ग्राहक शुल्क बढाउनु पनि एक कारण रहेको बताइएको छ ।

यतिबेला नेटफ्लिक्सले एप्पल टीभी, एचबीओ म्याक्स, अमेजन प्राइम र डिज्नेप्लससँग तीव्र प्रतिस्पर्धा खेपिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?