+
+
Shares

यी हुन् नेटफ्लिक्समा गतसाता धेरै हेरिएका १० फिल्म, शीर्षमा ‘द क्र्यास’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेटफ्लिक्सले मे १८ देखि २४ सम्म विश्वभर सबैभन्दा धेरै हेरिएका चलचित्रहरूको सूची सार्वजनिक गरेको छ ।
  • उक्त अवधिमा ४ करोड ३७ लाख घण्टाभन्दा बढी हेरिएर ‘द क्र्यास’ नामक डकुमेन्ट्री पहिलो स्थानमा रहेको छ ।
  • यसैगरी २ करोड ७४ लाख घण्टा हेरिएको ‘स्वाप्ड’ दोस्रो र १ करोड ८५ लाख घण्टा हेरिएको ‘लेडिज फर्स्ट’ तेस्रो स्थानमा छन् ।

लस एन्जलस । नेटफ्लिक्सले मे १८ देखि २४ सम्म प्लाटफर्ममा विश्वब्यापी हेरिएका फिल्मको सूची सार्वजनिक गरेको छ । उक्त अवधिमा सबैभन्दा धेरै हेरिएको फिल्म ‘द क्र्यास’ बनेको छ ।

यो फिल्म ४ करोड ३७ लाख घण्टाभन्दा बढी समय हेरिएको नेटफ्लिक्सले जनाएको छ । एक किशोरीले चलाएको कार दुर्घटनामा उनका प्रेमी र उनका साथीको मृत्यु भएपछि सुरु भएको घटनाले पछि हत्या अनुसन्धानको रूप लिने कथामा आधारित यो डकुमेन्ट्रीले विश्वभर दर्शकको ध्यान तानेको छ ।

सूचीको दोस्रो स्थानमा ‘स्वाप्ड’ छ, जसलाई २ करोड ७४ लाख घण्टा हेरिएको छ । त्यसपछि ‘लेडिज फस्र्ट’ (१ करोड ८५ लाख घण्टा), गोट (१ करोड ६९ लाख घण्टा) र रिमार्केब्ली ब्राइट क्रिचर्स (१ करोड ५६ लाख घण्टा) क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

यस्तै, ‘एपेक्स’ १ करोड ६ लाख घण्टासहित छैटौं स्थानमा रहँदा ‘स्टोलन बेबीः द मर्डर अफ हाइडी ब्रुसार्ड’ ७७ लाख घण्टासहित सातौं स्थानमा परेको छ ।

आठौं स्थानमा ‘इन हर शुज’ रहेको छ, जसलाई १ करोड १२ लाख घण्टा हेरिएको छ । ‘नो हार्ड फिलिङ्स’ ८२ लाख घण्टासहित नवौं स्थानमा रहँदा ‘के-पप डेमन हन्टर्स’ ६४ लाख घण्टा दर्शकले हेरेर शीर्ष १० को सूचीमा परेको छ । नेटफ्लिक्सका अनुसार यी फिल्मले उक्त साता विश्वभर सबैभन्दा धेरै दर्शक आकर्षित गरेका थिए ।

नेटफ्लिक्स ग्लोबल टप १० फिल्म :

१. द क्र्यास- ४ करोड ३७ लाख घण्टा
२. स्वाप्ड- २ करोड ७४ लाख घण्टा
३. लेडिज फर्स्ट- १ करोड ८५ लाख घण्टा
४. गोट- १ करोड ६९ लाख घण्टा
५. रिमार्केब्ली ब्राइट क्रिचर्स- १ करोड ५६ लाख घण्टा
६. एपेक्स- १ करोड ६ लाख घण्टा
७. स्टोलन बेबीः द मर्डर अफ हाइडी ब्रुसार्ड- ७७ लाख घण्टा
८. इन हर शुज- १ करोड १२ लाख घण्टा
९. नो हार्ड फिलिङ्स- ८२ लाख घण्टा
१०. के-पप डेमन हन्टर्स- ६४ लाख घण्टा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?