+
+
Shares

टिप्परको ठक्करबाट बाबु-छोराको मृत्यु   

रासस रासस
२०८३ जेठ १८ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको तुलसीपुरमा सोमबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लमहीका ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मीनराजको मृत्यु भएको छ ।
  • दुर्घटनामा घाइते भएकी मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपालीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
  • ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

१८ जेठ, दाङ । दाङको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।

सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन् ।

सोमबार बिहान ६ बजे तुलसीपुरको गुल्म चोकमा रा१ख२१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?