+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ललितपुरका चोकमा साइकल राखिंदै, अनलाइनबाटै भाडामा लिन पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते २२:१२
Photo Credit : crikey

४ साउन, काठमाडौं ।  ललितपुर महानगरपालिकाले महानगरभित्र ‘सेयर्ड बाइस्कल स्किम’ सुरु गर्ने भएको छ । साइकल लेनको प्रयोगलाई बढाउने र आफ्नै साइकल नहुनेहरुलाई साइकल प्रयोग सक्ने वातावरण बनाउन ललितपुरले साइकल स्ट्यान्ड बनाएर ठाउँ-ठाउँमा भाडामा साइकल लिन सकिने व्यवस्था गर्न लागेको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ठाउँ-ठाउँमा स्ट्यान्ड बनाएर प्रविधिको प्रयोगबाट भाडा तिर्न सकिने गरी साइकल भाडमा लिने व्यवस्था गर्न लागिएको बताए ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगरका विभिन्न महत्वपूर्ण चोकहरुमा अब साइकल स्ट्यान्डहरू बनाइनेछ । जहाँ भाडामा लिन सकिने गरी साइकलहरु राखिने छ । विद्युतीय भुक्तानी गरेर साइकल प्रयोगको अनुमति लिन सकिने छ ।

साइकलको ‘जीपएएस’ ट्रयाकिङ हुनेछ । प्रयोगकर्ताले एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्डमा लगेर साइकल ‘लक’ गरेर छोड्न सक्नेछन् । यो सेवाका लागि एक व्यवसायिक संस्थासँग सम्झौता हुन लागेको महानगरपालिकाले जनाएको छ ।

‘साइकल नभएका र कुनै गन्तब्यसम्म जानुपर्ने अवस्थामा जोकोहीले तोकिएको रकम डिजिटल भुक्तानी गरेर अर्को साइकल स्ट्यान्डसम्म पुग्न सक्नुहुन्छ,’ उनले भने,’शुल्क हामी एकदमै न्युन लिन पाउने गरी तोक्छौं ।’

मोबाइल रेस्टुरेन्ट

महानगरपालिकाले महानगरभित्र ‘मोबाइल रेस्टुरेन्ट’ पनि चलाउन दिने भएको छ । धेरै भीडभाड हुने क्षेत्रहरुमा सफा र शुद्ध नेवारी र नेपाली खाना सुपथ मूल्यका विक्री गर्न पाउने गरी मोबाइल रेस्टुरेन्ट चलाउन लागिएको हो । गाडीमा हुने यस्तो रेस्टुरेन्टले शहरमा बासिन्दा र ग्राहकलाई सस्तो दरमा नेपाली स्वादका खाना खान मौका दिने र पर्यटन पनि प्रवर्द्धन हुने महानगरको विश्वास छ ।

महानगरले चालु आर्थिक वर्षमा चक्रपथको ललितपुर खण्डमा स्मार्ट सडक बत्ती, साइकल लेन, पोखरी संरक्षण र पुनर्निर्माण लगायतका योजनाहरु प्राथमिकतामा राखेको बतएको छ । यो वर्षलाई सुशासन वर्षको रुपमा मनाउने, खर्च कटौती गर्ने लगायतका योजना पनि बनाएको छ ।

बारुणयन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद सम्बन्धी सम्पूर्ण जनशक्ति स्रोत, साधन, सामाग्री, सूचना, एउटै छातामुनिबाट परिचालन गर्ने, फोहर संकलनमा आधुनिक उपकरणको प्रयोग गर्ने लगायतका योजना पनि बनाएको छ ।

नयाँ मुहानबाट खानेपानीको व्यवस्था, परम्परागत हिटी -ढुंगेधारा इनारको संरक्षण, थप वाटर एटीएम सञ्चालन र छिमेकी पालिकाहरुको परियोजनामा सहयोगलाई पनि महानगरले कार्यक्रममा राखेको मेयर महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?