+
+
Shares

ललितपुरमा गस्तीमा हिंडेका प्रहरीमाथि मध्यराति आक्रमण, ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १९:४४

१९ फागुन, काठमाडौं । ललितपुरमा निर्वाचनको गस्तीमा हिंडेका प्रहरी टोलीमाथि केहि व्यक्तिहरूले आक्रमण गरेका छन् ।

महालक्ष्मी नगरपालिका–७ चाँगाथली एरियामा प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमा गएराति पौने ११ बजेको समयमा आक्रमण भएको थियो ।

प्रहरीका अनुसार, ती व्यक्तिहरूले प्रहरीलाई ढुंगामुढा गरेका थिए ।

लगत्तै, प्रहरीले आत्मरक्षाका लागि १ राउन्ड हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

उक्त घटनामा संलग्न रहेको व्यक्तिहरूलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

घटनामा घाइते भएका प्रहरी कर्मचारीको भने किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर मकवानपुर गढी गाउँपालिका–२ घर भएका  २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका –३ घर भएका २० वर्षीय रमेश शाही, दार्मा गाउँपालिका–३ घर भएका २० वर्षीय शंकर शाही र रुकुम सानोभेरी गाउँपालिका–२ का २२ वर्षीय राजु मगर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?