+
+
Shares

पैदलयात्रीलाई मुक्का हान्नेमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिइयो

पैदलयात्रीलाई मुक्का हानेको आरोपमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि ७ दिनको म्याद लिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते २०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पैदलयात्रीलाई मुक्का हानेको आरोपमा पक्राउ परेका पारस बमलाई थप अनुसन्धानका लागि अदालतले ७ दिनको म्याद दिएको छ।
  • पारस बमलाई मंगलबार ट्राफिक प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित जुत्ता कारखाना क्षेत्रमा पक्राउ गरेको थियो।
  • मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

५ फागुन, काठमाडौं । पैदलयात्रीलाई मुक्का हानेको आरोपमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि ७ दिनको म्याद लिइएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित जुत्ता कारखाना क्षेत्रको सडकमा पैदलयात्रीलाई मुक्का हान्ने पारस बमलाई थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद लिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

बमलाई मंगलबार ट्राफिक प्रहरीले समातेको थियो । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

उनले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?