News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा चोरीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा संखुवासभाका ३७ वर्षीय केभव देवान र पाँचथरका २६ वर्षीय कमल लिम्बु छन्।
- ६ माघको राति १० बजे सेतोपुल नजिक स्कुटरमा सवार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
- उनीहरुबाट चोरीको सुनका तिलहरी, चन्द्रमा, नगद ४९ हजार ३ सय, सिरिन्ज ११ थान, लागुऔषध एम्पुल र खुर्सानीको धुलो फेला परेको छ।
८माघ, काठमाडौं । चोरीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा संखुवासभाको खाँदबारी नगरपालिका–९ घर भइ काठमाडौं मैतीदेवी बस्ने ३७ वर्षीय केभव देवान र पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ घर भइ रातोपुल बस्ने २६ वर्षीय कमल लिम्बु छन् । उनीहरुलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
६ माघको राति १० बजेतिर सेतोपुल नजिकबाट प्रहरीले बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट चोरीको सुनका तिलहरी, चन्द्रमा, नगद ४९ हजार ३ सय, सिरिन्ज ११ थान, लागुऔषध एम्पुल, खुर्सानीको धुलो १ प्याकेट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4