+
+
Shares

झन्डै १७ लाख बराबरको चाँदीसहित पर्साका किसन नागढुंगामा पक्राउ

झन्डै १७ लाख रुपैयाँ मूल्यबराबरको चाँदीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागढुंगास्थित चेकप्वाइन्टमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट २५ वर्षीय किसन साहलाई १६ लाख ९० हजार रुपैयाँ बराबरको २ किलो ५०० ग्राम चाँदीसहित पक्राउ गरिएको छ।
  • प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले खानतलासी गर्दा चाँदी लुकाइछिपाइ ल्याएको पत्ता लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

१३ माघ, काठमाडौं । झन्डै १७ लाख रुपैयाँ मूल्यबराबरको चाँदीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

आज बिहान साढे ६ गते नागढुंगास्थित चेक प्वाइन्टमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०१-००१ ख ७७२१ नम्बरको यात्रुबाहक बस रोकेर प्रहरी प्रभाग नागढुंगा ता लागुऔषध नियन्त्रण ब्युरोको टोलीले खानतलासी गर्दा वीरगञ्ज महानगरपालिका-१६ का २५ वर्षीय किसन साह पक्राउ परेका हुन् ।

उनको साथबाट लुकाइछिपाइ गरी ल्याएको १६ लाख ९० हजार रुपैयाँ बराबरको २ किलो ५०० ग्राम चाँदी फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?