+
+
Shares

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

गोरखामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १६:४८

२४ पुस, काठमाडौं । गोरखामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

२१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार पक्राउ परेका हुन् ।

शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएकी अनुष्काको आँपपिपल अस्पताल हर्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?