+
+
Shares

बालिकालाई यौन गतिविधिमा लगाएको आरोपमा २ जना पक्राउ

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१ घर भएका २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय लक्ष्मण तामाङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:०६
प्रतीकात्मक तस्वीर

२२ पुस, काठमाडौं । बालिकाहरूलाई ललाइफकाइ यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१ घर भएका २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय लक्ष्मण तामाङ छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलस्थित सञ्चयकोष अगाडिबाट पक्राउ गरेको हो ।

उनीहरूले १२ पुसको राति बा २ ख २३२७ नम्बरको ट्याक्सीमा दुई जना बालिकालाई लिएर जान लागेको अवस्थामा प्रहरीले ती बालिकाको उद्धार गरेको थियो ।

बालिकाहरूमाथि सोधपुछ गर्दा उनीहरूले विभिन्न व्यक्तिहरूलाई फोटो समेत देखाएर रकमको मोलमोलाई समेत गरेर यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये लक्ष्मणविरुद्ध ३० असोज २०७३ मा दोलखामा कर्तव्य ज्यान कसुरको मुद्दा दर्ता भएको समेत पाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?